सप्तरी(फत्तेपुर) । हाल देशको पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भू–भागमा हुसु् र कुहिरो लागेको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पुर्वाणुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १४ गते (मंगलबार)
दिउँसोः प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १५ गते (बुधबार)
दिउँसोः सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १६ गते (बिहीबार)
दिउँसोः सुदुरपश्चिम, कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः सुदुरपश्चिम, कर्णाली ,लुम्बिनी र गण्डकी प्रदेश भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
तपाईको प्रतिक्रिया