सप्तरी (फत्तेपुर) । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हाल बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भू –भागमा मौसम सामान्यतया सफा रहेको मोसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १३ गते (सोमबार)
दिउँसोःप्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीः प्रदेश नं १ को पहाडी भु–भागमा आंशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १४ गते(मंगलबार)
दिउँसोः प्रदेश नं १ को पहाडी भु–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीःकर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १५ गते (बुधबार)
दिउँसोःकर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भु– भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीःदेशका उच्च हिमाली भु–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भु–भागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
तपाईको प्रतिक्रिया