सप्तरी (फत्तेपुर) । झापामा टाटा सुमो गाडीको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

आज बिहान ८ बजेतिर झापा जिल्लाको लभडाँडा सडकखण्डमा गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापा जिल्लाकोको कमल गाउँपालिका–६ का ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाल रहेको छ ।

Your Ad Code Here

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए अनुसार ठक्करबाट सख्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने सुमो र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ पण्डितले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग