सप्तरी (फत्तेपुर) । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ तथा पहाडका केहि भू–भागमा हुस्सु लागेको छ ।

चिसो रहिरहने तथा पहाडि भू–भागका केही स्थानमा हुस्सु कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।

Your Ad Code Here

आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १० गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भू–भागमा आँशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष ११ गते (शनिबार)
दिउँसो : प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १२ गते (आईतबार)
दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
राती : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग