सप्तरी (फत्तेपुर) । धनुषामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान धनुषा जिल्लाको विदेह नगरपालिका–५ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यू हुनुको साथै एक जना गम्भिर घाइते भएका हुन् ।
प्रहरीका अनुसार, मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय २५ वर्षीय दिलिप पासवान रहेको छ भने, सोही नगरपालिका–६ का ४५ वर्षीय सिंगेश्वर दास गम्भिर घाइते भएका छन् ।
उनलाई उपचारका जनकपुर पठाइएको छ । ईलाका प्रहरी कार्यालय औरहीले जनाएअनुसार ज १ त ६९६३ नम्बरको ट्याक्टर आज बिहान ३ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।
तपाईको प्रतिक्रिया