सप्तरी ((फत्तेपुर) । तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु लागेको अवस्था छ ।
सप्तरी जिल्ला लगायत तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु लागेको छ । साथै चिसो बढेकोले जनजीवन प्रभावित भएको हो ।
तराईका अधिकांश भु–भागहरुमा तथा पहाडका केही भू–भागहरुमा वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर ३० गते
दिउँसो ः प्रदेश नं १, प्रदेश २ तथा बागमती प्रदेशमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती ः प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू(भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष १ गते
दिउँसो : प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू–भागहरुमा आँशिक बदली रही बाँकि भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशको पहाडी भू–भागहरुमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष २ गते
दिउँसो : देशको पहाडी भू–भागहरुमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशको पहाडि भू–भागहरुमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तपाईको प्रतिक्रिया