सप्तरीे फत्तेपुर । सप्तरीे लगायत तराईका अधिकांश ठाउँमा शितलहर बढेको छ ।
सप्तरी जिल्ला लगायत तराईका अधिकांश ठाउँमा शितलहर बढ्नुको साथै चिसो बढेको हो। शितलहर बढेसंगै स्थानियको जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश भु-भागहरुमा वायुको पारदर्शितामा कमी हुन गएको जनाइएको छ ।
आज राती प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।



तपाईको प्रतिक्रिया