सप्तरी। दार्चुलामा ट्रक दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन् ।
हिजो राति दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका-१ भर्तोलामा ना.३ ख.३४८५ नम्बरको ट्रक दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका हुन् ।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बैतडीका २४ वर्षीय शेरबहादुर कार्की र बैतडीको दोगडाकेदार–६ का २४ धनसिङ भण्डारीको मृत्यु भएको छ भने,एक जनाको सनाखत हुन सकेको छैन ।
शैलेशिखर ९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता पुष्कर सिंह ऐरिले बताए ।
तपाईको प्रतिक्रिया