सप्तरी (फत्तेपुर) । भक्तपुरमा कार दुर्घटना हुँदा १ जनाको मत्यु भएको छ भने, ३जना घाइते भएका छन् ।
शनिबार राति करिब १ बजे भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ कोशलटारमा कार दुर्घटना हुँदा १ जनाको मत्यु हुनुका साथै ३ जना घाइते भएका हुन् ।
महानगरीय प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले दिएको जानकारी अनुसर मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-४ धुम्बाराही पिपलबोटकी ३० वर्षीया रिया श्रेष्ठ रहेकी छ भने घाइते हुनेमा कार चालक मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की, वडानम्बर-५ राधेराधेका २६ वर्षीय विजय देउजा र भक्तपुरको सूर्यविनायक-४ गाम्चा का २७ वर्षीय सुदप थापा रहेका छन् ।
काठमाठमाडौंतर्फ आउँदै गरेको बा८च ४७५६ नम्बरको कार अनियन्त्रित भई सडकबीचको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया