सप्तरी (फत्तेपुर) । राजावादीले आज काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेका छन् ।
राजसंस्था र हिन्दुराष्ट्रको मागसहित देशभर दैनिकजसो प्रदर्शन गर्दै आएका राजावादीले आज माइतीघरमा शक्ति प्रदर्शनको तयारी गरेका हुन् ।
राजावादीको प्रदर्शन रोक्न स्थानीय प्रशासनले कारबाहीको चेतावनीसहित सुरक्षाकर्मी परिचालन गरेको छ । माइतीघरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसअघि १५ मंसिरमा राजावादीले माइतीघरमा प्रदर्शन गरेका थिए । उनीहरुले देशका प्रमुख शहरहरुमा शक्ति प्रदर्शन गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया