सप्तरी(फत्तेपुर) । गोरखामा करेन्ट लागेर एक सर्भेयरको ज्यान गएको छ ।
करेन्ट लागेर ज्यान गुमाउनेमा हेटौँडा उपमहानगरपालिका-१७ का २४ वर्षीय रोशन मगर रहेको छ । सिरानचोक गाउँपालिका-४ चोरकाटेमा शुक्रबार दिउँसो साँढे चार बजे विद्युत पोलको करेन्ट लागेर उनको मृत्यु भएको हो ।
डीएसपी बासुदेव खतिवडाले दिएको जानकारी अनुसार घाइते मगरलाई उपचारका लागि गोरखा अस्पतालमा पु¥याएपछि मृत घोषणा गरिएको थियो ।
मध्यपहाडी लोकमार्गको सर्भे गर्ने कर्मचारीले ११ केभी प्रशारण लाइनको विद्युत पोलमा पोलमा चेनेज लेख्ने क्रममा करेन्ट लागेको विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिए ।
तपाईको प्रतिक्रिया