सप्तरी (फत्तेपुर)। छोरी बलात्कारको आरोपमा बुवा पक्राउ परेका छन् ।
शुक्रबार राति सर्लाहीबाट आफ्नै ६ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । भारतको मुजफ्फरपुर घर भएका इँट्टा भट्टामा मजदुरी गर्दैगरेका ती पुरुष सर्लाही हरिपुर-६ स्थित ससुराली बस्दै आएका थिए ।
उनलाई इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार उनका दुई छोरा र एक छोरी छन्। प्रहरीका अनुसार उनीहरू सोही इँट्टा भट्टाको झुपडीमा बस्थे।
करिब २०/२५ दिनअघि पनि बुवाले आफ्नी छोरीलाई राति बलात्कार गरेका थिए। सो कुरा छोरीले आमालाई बताएकी थिइन्। तर उनले सो घटनापछि आफ्ना श्रीमानलाई गाली गरी ‘एक पटकलाई छाडेको’ प्रवक्ता कुँवरले बताए।
तपाईको प्रतिक्रिया