सप्तरी । सप्तरीमा प्रहरीले ५ हजारभन्दा बढी गाजाको बोट नष्ट गरेको छ।
प्रहरीले अबैध गाँजा फडानी गर्ने अभियान सुरु गरेको एक महिनाको अवधिमा ५ हजारभन्दा बढी गाजाको बोट फडानी गरेर नष्ट गरेको हो। मंसिर १ गते सुरु भएको अभियान २९ गतेसम्म चलेको थियो ।
अवैध गाँजा फडानी अभियान तीव्र पारेपछि एक महिनामा धेरै संख्यामा गाजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्ले जानकारी दिएका छन् । जिल्ला प्रहरीको मातहतका ईलाका प्रहरी कार्यालयबाट खटिएका टोलीले ५ हजार ३४ बोट गाँजा फडानी गरी नष्ट गरेको काफ्लेको भनाइ छ ।
तपाईको प्रतिक्रिया