सप्तरी । सप्तरीमा अपाङता भएका व्यक्तिहरुलाई ह्वीलचेयर र बैसाखी वितरण गरिएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अपाङता भएका व्यक्तिहरुलाई एक कार्यक्रमकाबीच ह्वीलचेयर र बैसाखी वितरण गरिएको हो ।
अपांगता समितिका संयोजक तथा गाउपालिकाकि उपाध्यक्ष उषा कुमारी मण्डलको अध्यक्षतामा आयोजित एक कार्यक्रमबीच १८ जना अपाङता भएका व्यक्तिक्तिहरुलाई ह्वीलचेयर र ५२ जनालाई बैसाखी वितरण गरिएको छ ।
तपाईको प्रतिक्रिया