कैलाली । कुटपिट गरी हत्या गरेको अभियोगमा ४ जना क्राउ परेका छन् ।

नाम, थर वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषलाई कुटपिट गरी हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका वसपार्क वडा एरियाबाट शुक्रबार ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Your Ad Code Here

पक्राउ पर्नेहरूमा कञ्चनपुर भिमदत्त नगरपालिका–३ बस्ने डडेल्धुरा अमरगढी नगरपालिका घर भएका १९ वर्षीय प्रबीण ऐर, डोटी पूर्वीचौकी गाउँपालिका९४ बस्ने २० वर्षीय अनिल कुवँर, कैलाली धनगढी उपमहानगरपालिका–१ त्रिबेणी चोक बस्ने १८ वर्षीय किशोर र कैलाली घोडाघोडी नगरपालिका–१ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित प्रतिक्षालयमा अपरिचित पुरुष मृत अवस्थामा फेला परेको घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनको कुटपिट गरी हत्या गरेको खुल्न आएपछि घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरु माथि कर्तव्य ज्यान शीर्षकमा मुद्दामा अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग