नवलपुर। मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ ।
कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी गैँडाकोट-१ मा अवस्थित मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको हो । गत पुस १ गतेदेखि मन्दिरमा सर्वसाधारणका लागि पूजा खुला गरिएपछि मन्दिरमा चहलपहल बढ्दै गएको हो ।
नारायणी नदी पुलबाट करिब चार किलोमिटर उत्तरमा पर्ने मौला कालिका मन्दिर ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भएकाले समेत जिल्ला बाहिरका पर्यटकसमेत आउने गरेका धार्मिक सेवा समिति मौला कालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए ।
१६औँ शताब्दीको इतिहास बोकेको सो मन्दिर धार्मिक हिसाबले देशभर तथा छिमेकी मुलुकमा समेत प्रख्यात भएकाले धार्मिक तीर्थयात्रीका लागि महत्वपूर्ण गन्तव्य बनेको सापकोटाले बताए ।
तपाईको प्रतिक्रिया