Tuesday, June 6, 2023
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब!


गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब!

काठमाडौं : गुह्येश्वरी मन्दिरमा १७३ दशमलव ५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ। पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको १७३.५ तोला अर्थात् करिब दुई किलोभन्दा बढी सुन अनियमितता भएको भेटिएको हो।​

अष्टदलको मूर्तिमा साविकमा ३७९ तोला सुन थियो। मर्मत सम्भार गर्ने क्रममा निकालेर जोख्दा २९४ तोलामात्र भेटिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए। अष्टदलमा ८५ तोला सुन अनियमितता भएको भेटिएको छ। यसैगरी भैरवको मूर्तिमा साविकमा ३३४ तोला सुन भएकामा मर्मत सम्भारका क्रममा निकालेर जोख्दा २४५।५ तोलामात्र पाइएको छ। भैरवको मूर्तिबाट ८८.५ तोला सुन गायब भएको छ।

‘साविकको सुन गायब भएपछि रु दुई करोड ११ लाख खर्च गरी कोषले सुन थपेर अष्टदल र भैरवको मूर्ति पुनःनिर्माण गरेको छ, सुनका दुवै संरचना विसं २०५७ मा निर्माण भएको हो, १८-१८ वर्षमा सवा दुई करोडको सुन अनियमितता भयो भने यो रकम कसले व्यहोर्ने?’ उनले भने

गुह्येश्वरी मन्दिर कोष मातहत नै भएपनि यहाँको व्यवस्थापन गुठी संस्थानले गठन गरेको समितिले गर्दै आएको छ। द्वैध स्वामित्वका कारण मन्दिरमा बेला बेलामा विवाद आउने गरेको छ। व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गी गुह्येश्वरी मन्दिरमा अण्डा, जाँड, रक्सी जस्ता तामसी चीज पनि चढाइने भएकाले सुन खिइएर गएको दावी गर्छन्।

कोषले व्यवस्थापन समिति र पुजारीलाई समेत विसं २०७५ भदौ ६ गते नै सुन गायब भएको विषयमा सत्य तथ्य खुलाउन भनी पत्राचार गरेको थियो। समिति र पुजारीबाट चित्तबुझ्दो जवाफ नआएपछि छानबिन समिति बनाएर यससम्बन्धमा गहिरिएर अध्ययन गर्न लागिएको कोषाध्यक्ष थापाले बताए।

सुनको खिइएर बनेको टुक्रासमेत नदेखाइएकाले छानबिन गर्न लागिएको हो। अण्डा, जाँड, रक्सीले सुन खिइएको भए प्वाल परेको, खिया लागेको हुनुपर्नेमा त्यस्तो समेत नभेटिएको कोषले जनाएको छ। छानबिन समितिमा संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालय, संस्थानलगायत सरोकार भएका निकायका प्रतिनिधिसमेत राख्ने गृहकार्य भइरहेको छ।

यस क्रममा १८ वर्षका अवधिमा दुई किलोभन्दा बढी सुन अण्डा, जाँड, रक्सीले खिइन्छ कि खिइन्न भनी प्रयोगशालामा परीक्षण समेत गरिने भएको बुझिएको छ। अष्टदल एवं भैरवको मूर्तिमा समितिका पदाधिकारी र पुजारीको नाम राख्न कोषलाई दबाब दिइएको थियो। नाम नराखिएपछि समितिले अष्टदल स्थापना गर्ने साइत निस्केन भन्ने निहुँमा राख्न दिएको छैन। मर्मतसम्भार गरिएको अष्टदल र भैरवको मूर्ति घटस्थापनाका दिन गर्भगृहमा स्थापना गर्ने कोषको तयारी थियो। समितिले अहिले साइत निस्किएन एक महिनापछि मात्र राख्नुपर्छ भनी पन्छाएको छ ।

गुह्येश्वरीका सत्तलसमेत कोषले नै पुनःनिर्माण गरेको हो। रु २० करोडको लागतमा मन्दिर, सत्तललगायत ऐतिहासिक एवं धार्मिक महत्वका संरचना पुनःनिर्माण गरिएको हो। पुनःनिर्मित सत्तल समितिले अनधिकृत रुपमा उपयोग गर्दै आएको छ। समितिका पदाधिकारीले आफन्तलाई यहाँ बाससमेत दिएको कोषको भनाइ छ।

गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको अष्टदलमा कोषले ७५ किलो चाँदीको घेरा थप गरेको छ। मन्दिरमा मर्मतसम्भार एवं पुनःनिर्माण कोषले गर्ने तर त्यसको दुरुपयोग समिति र पुजारीका तर्फबाट भएकाले गुह्येश्वरीको समग्र विषय छानबिन गर्ने कोषको तयारी छ। गुह्येश्वरीका नाममा रहेको अन्य सम्पत्तिसमेत छानबिनका दायरामा आउने भएको छ।

पशुपति क्षेत्रमा रहेको सबै मठमन्दिरको व्यवस्थापन गर्ने कार्यक्षेत्र पशुपति क्षेत्र विकास कोष ऐनले दिएको तीन दशक बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन। गुह्येश्वरी क्षेत्र र चाबहिल क्षेत्रका मठमन्दिर कोष मातहत आउन सकेका छैनन्। चन्द्रविनायक मन्दिर क्षेत्रमा पनि गैरसरकारी संस्थाको रजाइँ भइरहेको छ।

यसका कारण ती मठमन्दिर र त्यससँगैको सार्वजनिक जग्गामा अनियमितता भएको स्थानीयवासीको गुनासो छ। कोषका सदस्य सचिव डा प्रदीप ढकाल पशुपति क्षेत्रका सबै मठमन्दिर कोष मातहत नै ल्याउने, नियमावली बनाई भेटीघाटी पारदर्शी गर्नेलगायत तयारी भएको बताउछन्।।

यस पटक पर्व पूजा रोक

गुह्येश्वरी मन्दिरमा राजा मानदेवका पालादेखि नै घटस्थापनाका दिनदेखि अमालकोट कचहरी कार्यालयका तर्फबाट पूजा, चण्डी पाठ गर्ने परम्परा रहेको स्थानीयवासी एवं कोषका पुराना कर्मचारीको भनाइ छ। पशुपति क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा विद्यावारिधि शोध गर्नुभएका कोषका पूर्वसदस्यसचिव डा गोविन्द टण्डन यससम्बन्धी ऐतिहासिक दस्तावेज, शिलालेखलगायत केही पनि प्रमाण फेला नपरेको बताउछन्।

शाहकाल अर्थात् विसं १९७४ देखि भने नियमित घटस्थापनाका दिनदेखि महानवमीसम्म अमालकोट कचहरीबाट पूजा आराधना हुँदै आएको उहाँ बताउनुहुन्छ। यस वर्ष घटस्थापनाका दिन कात्तिक १ गते विशेष पर्व पूजा गर्र्न कोषाध्यक्ष थापाको नेतृत्वमा पुजारी विष्णुप्रसाद नेपाल, कचहरीका द्वारे पूर्ण डङ्गोल, कर्मचारी वरुण खतिवडासहित चारजना मन्दिरभित्र प्रवेश गर्न खोज्दा पुजारी जैन कर्माचार्यले रोकेको कोषले जनाएको छ।

कोष स्थापनापछि अमालकोट कचहरी कार्यालय कोष मातहत राखिएको थियो। अमालकोट स्थापना भएदेखि नै राज्यका तर्फबाट गुह्येश्वरी मन्दिरमा विशेष पर्व पूजा, दुर्गा सप्तशती (चण्डी) पाठ गराउने परम्परा थियो। कोषमा ३५ वर्षदेखि कार्यरत कर्मचारी वासुदेव रिमाल राज्यका तर्फबाट गरिने पूजा रोक्दा धार्मिक आस्थामा चोट पुग्ने र देशलाई असर गर्न सक्ने बताउछन्।

गुह्येश्वरीमा धर्म, संस्कृति एवं परम्परा मास्ने, भेटीघाटीलगायत आय पारदर्शी नराख्ने, ऐतिहासिक स्थलको संरक्षण गर्नुको सट्टा मासेर अनियमितता गर्ने क्रम बढेको कोषको आरोप छ। विसं २०६६ मा पशुपतिनाथ मन्दिरको भेटीघाटी पारदर्शी गर्ने गरी नियमावली ल्याउँदा नै यस क्षेत्रका सबै मठमन्दिरलाई यो दायरामा ल्याउने प्रतिबद्धता भने कोषले अझै पूरा गर्न सकेको छैन। संस्थान र कोषको दुईथरी स्वामित्व हुँदा कतिपय मठमन्दिरमा हाल नित्य पूजासमेत हुन छाडेको छ। सदस्य सचिव ढकाल यो प्रतिबद्धता छिटो पूरा गर्ने तयारी भएको बताए।

Tags: सुन गायब

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !
banner News

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

चैत्र ९, २०७९, ३:३७ PM
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ
banner News

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

चैत्र ९, २०७९, २:३३ PM
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः
banner News

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

फाल्गुन १०, २०७९, १२:३४ PM
विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो
banner News

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

फाल्गुन १०, २०७९, ११:४० AM
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु
banner News

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

फाल्गुन ९, २०७९, ८:५७ AM
जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?
banner News

जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

मंसिर २५, २०७९, ९:५७ AM

ताजा समाचार

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

2 months पहिले
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

2 months पहिले
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

3 months पहिले
विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

3 months पहिले
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

4 months पहिले
जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

6 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: [email protected]
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि