जनकपुरधाम : दशैंको आज पांचौं दिन स्कन्द माताको पूजा आराधना गरिदैंछ । भक्तहरुको इच्छा पूर्ती गर्ने स्कन्द माताको पूजा आराधनाले मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ ।
पुराणमा आसुर्यसंगको युद्धमा स्कन्द माताले ताराकासुर दैत्यलाई मारी देवताहरुको रक्षा गरेको उल्लेख छ । यस्तै स्कन्द कुमार कात्तिकेयको बाल स्वरुपलाई सधैंव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्द माताको नामबाट पुकार्ने गरिन्छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाईने दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।
यस्तै छैठौं दिन कात्तियानी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन छ ।
कोरोना संक्रमणको जोखिमका कारण यसवर्ष शक्तिपीठहरुमा कम भीडभाड देखिन्छ । प्रशासनले यसवर्ष बोका वली समेत चढाउन प्रतिबन्ध लगाएको छ ।
तपाईको प्रतिक्रिया