सिराहा । घरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।
बुधबार साँझ जिल्लाको मिर्चेया नगरपालिका-७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा जाबिरको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चेयाका डीएसपी सन्टु जयसवालले भनेका छन् ।
छोरालाई घरभित्र सुताएर आमाबुवा बजार गएको समयमा आगलागी हुँदा उनको मृत्यु भएको प्रहरीले जनाए । लामखुट्टे धपाउनका लागि उनीहरुले घुर पनि बालेर गएका थिए । सोही घुरको आगो सल्केर आगलागी भएको हुनसक्ने जनाएको छ ।
‘बजार जाँदा बालिएको घुर निभाएर गएको भए आगलागी हुने थिएन,’ जयसवालले भने, ‘लापरबाही भएकै कारण ठूलो घट्ना भएको छ ।” उक्त आगलागीले घर र घरभित्रका सम्पूर्ण सामान जल्दा रु ५ लाख बराबरको क्षति समेत भएको उनले बताए । आगोलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।
तपाईको प्रतिक्रिया