सप्तरी । सर्लाहीको हरिवनमा आगलगी भएको छ ।
गएराति सर्लाहीको हरिवन नगरपालिका वडा नं. ११ स्थित बजारमा रहेको किराना र कपडा पसलमा आगलगी भएको हो ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले दिएको जानकारी अनुसार कठघेराहरु खडा गरी सञ्चालनमा रहेको किराना र कपडा पसलमा आगलगी हुँदा ५० लाख रुपैँया बराबरको क्षति भएको छ ।
आगलगीबाट ४ वटा कठघेराहरु र सामानहरु जलेर नष्ट भएको जनाइएको छ । स्थानिय मनोज साहको किनारा र कपडा पसल, मदन साह, तेज प्रसाद डुङगेल र रबि दासको संगै जोडिएको किनारा पसलमा अचानक आगलागी भएको सर्लाहीका एक प्रहरीले जानकारी दिएका छन् ।
आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय र दमकलको सहयोगमा करिब पौने तीनबजे नियन्त्रणमा आएको थियो । आगलगी के कारणले भएको हो भन्ने खुलाइएको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया