विराटनगर । २० किलो गाँजासहित अटो टेम्पो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागूऔषध गाँजा लोड गरेर भारततिर लैजाँदै गरेको अवस्थामा को २ ह ४२४१ नम्बरको अटो टेम्पो र सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–७ का चालक ३१ वर्षीय गणेश राईलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको हो ।

Your Ad Code Here

मोरङको जहदा गाउँपालिका–१ भुटाहाबाट टेम्पोको सिटमुनि विशेष ढंगले ‘फल्स बटन’ बनाएर लुकाएको २० किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी पौडेलले जानकारी दिए।

राईविरुद्ध लागूऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन सोमबार म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग