सप्तरी (फत्तेपुर) । कोशी कटानमा रिफ्रेसमेन्ट सेन्टरको शिलान्यास भएको छ ।

सुनसरीको कोशी गाउँपालिका वार्ड नं. ५ श्रीपुरजबन्दीस्थित कोशी कटानमा रिफ्रेसमेन्ट सेन्टरको शिलान्यास भएको हो ।

Your Ad Code Here

कुल दुई अर्बको लगानीमा निर्माण सम्पन्न हुने गरी पहिलो चरणको कार्य गर्न २७ करोडको ठेक्का लागेको र सो कार्य सम्पन्न गर्ने गरी शिलान्यास गरिएको हो ।

कोशी गाउँपालिका प्रदेश १ को निकास र प्रदेश २ बाट १ मा प्रवेशद्धार भएकाले सुविधा सम्पन्न गर्ने गरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुधबार रिफ्रेसमेन्ट सेन्टरको शिलान्यास गरेका छन् ।

सुनसरीको कोसी गाउँपालिकाको श्रीपुरजब्दी काशी कटानमा अत्याधुनिक सुविधा सम्पन्न रिफ्रेसमेन्ट सेन्टर परियोजनाको काम अघि बढाएको राईले बताए। उनले रिफ्रेसमेन्ट सेन्टर शिलान्यास भएको र समयमा काम सम्मन्न हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग