उदयपुर । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कटारी नगरपालिका ४ सिम्ले बस्ने ३० वर्षीय दिनेश दनुवार रहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी ती बालिकाकाई सोही ठाउँस्थित निर्माणाधिन घरमा लगि दनुवारले शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया