विराटनगर । होली पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन मोरङमा सुरक्षा संयन्त्र सक्रिय भएर लागेका छन् ।
कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेसँगै नजिकिएको रङ्गहरुको पर्व होलीलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा संयन्त्र सक्रिय भएर लागेका हुन् ।
यस वर्ष मोरङमा समुदायस्तरमा होली मनाउन रोक लगाइएको छ । जमघट र भीडभाड गरेर समुदायमा नखेल्न जिल्ला सुरक्षा समितिले सबैमा आग्रह गरेको छ । समितिको मंगलबार बसेको बैठकले आग्रह अस्वीकार र नियमको उल्लंघन गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।
कोरोना फैलन नदिन समुदायमा होली खेल्न रोक लगाइएको अवस्थामा जबरजस्ती र इच्छाविपरीत लोला हान्ने, रङ्ग दल्ने तथा अन्य गतिविधी गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने छ ।
होलीलाई सुरक्षित बनाउन पोसाक र हतियारसहितका तथा सादा पोसाकका सुरक्षाकर्मी व्यापक रुपमा परिचालन गरिसकिएको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया