सप्तरी । उर्लाबारीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
हिजो बेलुकी मोरङको उर्लाबारी नगरपालिका-४ मा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा स्कुटर चालक उर्लाबारी नगरपालिका-८ सिसौलीका २३ वर्षी प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेको छ ।
को ३१ प ५१ नम्बरको स्कुटरलाई प्रदेश १,०१-००१ क १०३५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जानकारी दिएका छन् । दुवै सवारी साधनसहित ट्रक चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया