भनिन्छ ‘जहा इच्छा छ त्यहा उपाइ छ ।’ तर यो भनाई नेपाली समाजमा अहिले सम्म भनाइमै सिमित रहेको प्रष्ट छ ।
अब कुरा आउछ के हो त्यो भनाई, हैन त ?
त्यो भनाई भनेको ‘हरेक नेपाली सुखि र समृद्ध देश बन्नु हो ।’ हो कि होइन ? बास्तबमा हो नै ।
समृद्ध नेपाल सुखि नेपालीको नारा अधिकाँश नेता, कार्यकर्ता लगायत गाउँका अगुवाहरुले लगाइरहेका हुन्छन् । तर यो अहिले सम्म सपनामै सिमित कसरी रह्यो त ? कल्पना गर्नु भएको छ ? यदी गर्नु भएको छ भने पक्कै पनि देशमा सहि नेतृत्वको कमी रहेको औल्याउनु भएकै होला । यदी तपाईको औल्याइ सहि छ भने, अबको नेतृत्व कसको हनुपर्छ जस्तो लाग्छ तपाईलाई ?मलाई त डा.सिके राउतको नेतृत्व हुनुपर्ने जस्तो लाग्छ ।
किनकी देश समृद्ध बन्नका लागि अर्थको जरुरी हुन्छ। मानिस सुखि बन्नका लागि रोजगारको आवश्यकता हुन्छ । देशमा आर्थिक क्रान्ती ल्याएर देशको आर्थिक अवस्थामा सुधार ल्याउन र सबै नेपालीलाई स्वरोजगारको व्यवस्था गर्नका लागि अहिले सम्म कुनै पनि पार्टी अथवा नेताले कुनै पनि किसिमको बिशेष योजना तथा परियोजना ल्याएका छैनन् । बरु देशमा भएको फ्याक्ट्रि बन्द नै गराएका छन् । र देशमा स्वरोजगारको ब्यवस्था नहुँदा सम्म देश समृद्ध बन्छ भन्ने सोचाई अपूर्ण नै हुन्छ । साथै, रोजगारीको अवसर नहुँदा देशका होनहार युवाहरु बिदेशिनु परेको सबैमा जानकारी छ नै ।
यसैमा बैज्ञानि डा सिके राउतले हरेक घरमा एक रोजगारी दिने घोषणा गरेका छन् । पहिला पहिला त मलाई नि लाग्थ्यो यो घोषणा भ्रमात्मक कुरा हो । तर डा सिके राउतको रोडम्याप (रोजगारीको अवसर हुने क्षेत्रकोहरुको खाका) थाहा पाएपछि म पूर्ण रुपमा बिश्वस भए की यो घोषणा समान्य तरिकाले नै डा राउतले गर्न सक्नुहुन्छ । र हरेक नेपालीको घरमा रोजगारीको अवसर भयो भने पक्के पनि हरेक नेपाली सुखि हुन्छन् र देश पनि समृद्ध हुन्छ । यदी यस्तो भयो भने माथि भनिएको भनाई (जहा इच्छा छ त्यहा उपाइ छ ।) भनाईमै सिमित रहदैन । सबै नेपालीको सपना साकार हुन्छ । त्यस्तैले यसपालिको चुनावमा जातजाती, भाषाभाषी, नातागोता भन्दा माथि उठेर मतदान गर्नुहुन्छ भन्नेमा म पूर्ण रुपमा बिश्वस्थ छु । धन्यवाद ।। – गरिब आरएन राउत
तपाईको प्रतिक्रिया