बारा । कलैयामा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ ।
बाराको कलैयामा आज बिहान करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका १४ का ४५ वर्षीय मदनलाल जयसवाल रहेको प्रहरीले जानकारी दिए ।
आफ्नै घरको चापाकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर जयसवाल गम्भीर घाइते भएका थिए । घाइते भएका जयसवाललाई उपचारको लागि कलैयास्थित जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
तपाईको प्रतिक्रिया