काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव गोकर्ण बिष्टले व्यक्तिगत तर्क पार्टीको आधिकारीक निर्णय हुन नसक्ने दावी गरेका छन् ।
एक कार्यक्रममा नेतृत्वले पार्टीको विधानअनुसार निर्णय गनुपर्ने भन्दै सचिव बिष्टले व्यक्तिगत तर्क पार्टीको आधिकारीक निर्णय हुन नसक्ने दावी गरेका हुन् ।
बहुमत नेपालको पक्षमा रहेकाले कुनै गुटले गरेको निर्णयलाई पार्टीको आधिकारीक निर्णय नमान्ने उनको भनाइ छ । नेपाल पक्षले एमाले पार्टीलाई एकतावद्ध बनाउन हर कोशिस गर्ने पनि उनले खुलासा गरे ।
साथै उनले पार्टीको अध्यक्षको हैसियतले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुशलतापूर्वक जिम्मेवारी वहन गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया