काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब निर्वाचनमा जानै पर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने भन्दै यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘माओवादी त अलग भएकै थियो । माओवादीभन्दा पनि प्रचण्ड गुट अलग भएको हो ।
जसरी हिजो पूर्वएमालेमा गुट थियो त्यसरी नै अहिले माओवादीमा पनि गुट छ । माओवादीका साथीहरु अहिले पनि मिलिरहेकै छन् र मिल्ने सिलसिला जारी पनि छ । प्रचण्ड गुट पनि मिल्छ भने ठिकै छ । निर्वाचन आयोगले १५ दिनको समय दिएकै छ । तर, अब हिजोको जस्तो एकता हुँदैन । किनभने गलत आधारमा र गलत तरिकाले वा गलत शक्ति दिएर एकता गर्यो भने त्यसको परिणाम राम्रो आउँदो रहनेछ भन्ने मैले देखिसकेँ । उपयुक्त आधारमा एकता हुन्छ भने ठीक छ ।’
उनले थपे, ‘उनीहरुले माने भने सम्भावना हुन्छ । सबैले स्पष्ट के बुझे हुन्छ, अब म अल्पमतमा पर्ने गल्ती गर्दिनँ । अल्पमतमा एकछिन पर्दा के हुँदो रहेछ भन्ने मैले देखेँ । बहुमत बनाइदिएँ उनीहरुको मैले । एकताका लागि मिलेर मात्रै निर्णय गर्न पाइने नीति छ । त्यो उनीहरुले मान्नुभएन । बहुमत हुनेबित्तिकै उनीहरु छुरी लिएर रेट्न थाल्नुभयो । मेरो त हातखुट्टा समाइहाल्नुभयो ।
तपाईको प्रतिक्रिया