काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली मिलेर अगाडि बढ्न प्रस्ताव राखेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्का नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई प्रस्ताव राखेका हुन् ।
ओली र नेपाल लयागतका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा जारी वार्ता सकिएको छ । बैठकमा प्रधानमन्त्री ओलीले विद्यमान समस्या समाधान आन्तरिक बैठकबाटै समाधान गर्नुको विकल्प नरहेको भन्नुहुँदै मिलेर अघि बढ्न नेता नेपाल पक्षका नेताहरुलाई प्रस्ताव गरेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
वार्ताबारे जानकारी दिदै नेता रघुजी पन्तले ‘सकारात्मक रुपमा वार्ता भयो, हामीले आआफ्ना अडान राख्यौं, अध्यक्ष कमरेडले त्यसलाई सकारात्मक रुपमा अगाडि बढाउने आशा लिएका छौं ।’ भनेका छन् ।
तपाईको प्रतिक्रिया