काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ ।
आज नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएको हो ।
बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने महतले जानकारी दिए । देउवा निकट सहमहामन्त्री डा. उनले भने आन्दोलन गर्ने वा नगर्नेबारे पार्टीमा विवाद नै नभएको दाबी गर्दै उनले भने, ‘अधिवेशनको तयारी र सरकारको विरोधमा गर्ने आन्दोलनबारे छलफल हुन्छ र पार्टीले एकमतका साथ निर्णय गर्छ ।’
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने भन्ने अलमलका बीच बस्न लागेको केन्द्रीय समिति बैठकबाट आन्दोलनका थप कार्यक्रम तय गर्नुपर्नेमा पक्षमा धेरैजसो नेताहरु छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरु आन्दोलनको पक्षमा छन् ।
तपाईको प्रतिक्रिया