काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही महिनाको १३ गते बस्ने भएको छ ।
यसअघि आजको दिन दिउँसो १ बजेका लागी निर्धारण गरेको थियो । तर, आज केन्द्रीय समिति बैठक स्थगित भई अब यही महिनाको १३ गते बस्ने भएको हो ।
यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण सो दिन अपराह्न १ बजे तोकिएको जनाइएको छ ।
बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया