काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन प्रक्रिया रोक्न माग गरेका छन् ।
निर्वाचन प्रक्रिया रोक्न प्रचण्ड–माधव समूहले निर्वाचन आयोगसँग माग गरेका हुन् । संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट गरेको छ र यो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
ती विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै प्रचण्ड र नेपालसहितका शीर्ष नेताहरु आयोगमा पुगेका थिए । ‘अवैधानिक प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन भएको बेला निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनेको अदालतलाई दबाव दिनु वा अवज्ञा गर्नु जस्तै हो भन्यौं’, आयोगमा पुगेका प्रचण्ड–माधव समूहका नेता रामनारायण विडारीले भने ।
तपाईको प्रतिक्रिया