सप्तरी । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जङ्ग बस्नेतले सबै कम्युनिष्टलाई च्यालेन्ज दिएका छन् ।
उनले भने ‘सबै कम्युनिष्ट एक भएर आए हुन्छ नेपाली काँग्रेस एक्लै लड्नेछ फैसला त्यहि हुनेछ ।’ उनले जनताले कम्युनिष्टको हैसियत थाहापाईसकेको समेत उनले बताएका छन् ।
केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधि सभा विघटनको कदम, सर्वसत्तावाद, अधिनायकवाद, असंबैधानिक निरंकुश, स्वेच्छाचारी विरुद्धमा नेपाली काँग्रेस ३ नं प्रदेश सभा ुकु समिति र नेपाली काँग्रेस ३ नं प्रदेश सभा ‘ख’ समितिद्वारा आयोजित विरोध प्रदर्शन कार्यक्रममा बोल्दै उनले निर्वाचन अगाडी देखि नै काँग्रेसले कम्युनिष्ट आए देश भताभुंग हुन्छ र जनताले दुख पाउछन् भन्दा सबैले हारेको पार्टी भन्दै मजाक उडाएको र आज त्यहि कुरा सत्य साबित भएको समेत उनले बताए ।
निर्वाचन पश्च्यात केपी ओली नेतृत्वको सरकारको ताण्डव सुरु हुँदै नेपाल तरुण दलले सडकबाट सबैलाई प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधान मिच्ने काम सुरु भयो र अब न्यायको घाटी थिचीन्छ भन्दा कसैले सुनेर पनि नसुने जस्तै गरेको जसको परिणाम आज देखिएको उनले प्रष्ट पारे । आज सडकमा आएका प्रचण्ड(माधव त्यहि सरकारका मतियार थिए र अहिले सत्ता प्राप्त नभए पछि नाटक मंचनको हिसाबमा सडकमा आएको समेत उनले बताए ।
कम्युनिष्टले सधै जनताको विश्वास माथि खेलवाड गरेको र जनताको साथको दुरुपयोग गरेको समेत अध्यक्ष बस्नेतले खुलस्त पारे । यस्तै उनले देश र जनताको लागि इतिहास देखि आज सम्म कम्युनिष्टले के के गरे भनेर सबैलाई प्रश्न समेत गरे । उनले हरेक कम्युनिष्टले अन्तिममा नेपाली काँग्रेसकै कार्यकर्तालाई नै हान्ने र काँग्रेसलाई नै धोका दिएको नजिर देखिएकोले अब कुनै कम्युनिष्टलाई नेपाली काँग्रेसले साथ नदिने समेत उनले प्रष्ट पारे ।
नेपाल तरुण दलले सरकारको अन्यायपूर्ण व्यवहार विरुद्ध प्रदर्शन गर्दा सबैले तरुण दललाई एउटा अराजक भिड, गुण्डा लगायतको कुरा भन्दै कम्युनिष्ट सरकारले तरुण दल माथि ज्याजति गरेको उनले स्मरण गरे । तर तरुण दल चुप लागेन सधै निरन्तर जनताको पक्षमा अगाडी बढिरहयो र वाईड बडी देखि बालुवाटार जग्गा प्रकरण सम्मका सबै मुद्दामा सरकारलाई चेतावनी दिदै सरकार संगै सबै नेपाली जनताको आँखा खोल्ने कोशिश गर्यो तर कोहि सचेत भएन जसको फलस्वरूप आज देशले र जनताले यो हबिगत बेहोर्नु परेको देखिन्छ ।
पत्रकार देखि संचार क्षेत्र सबै ठाउमा सरकारले हस्तक्षेप गर्दै दुर्व्यवहार गर्दा समेत कुनै संचार माध्यम कुनै पत्रकार नबोल्दा समेत नेपाल तरुण दलले त्यस बेला समेत आवाज उठाएको उनले बताए । आज केपी ओलीले संसद विघटनको असंबैधानिक कदम चाले पछि सबै सडकमा आएका छन् तर नेपाली काँग्रेस कुनै भिडको पछि लाग्दैन नेपाली काँग्रेसले आफ्नै कर्मले खाने छ । काँग्रेसले सधै स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको र सधै रहने समेत उनले बताए । काँग्रेसले न्यायपालिकाले जे निर्णय गर्नेछ स्वीकार गर्ने समेत उनले बताए ।
अब फेरी नेपाली काँग्रेसले अभिभावकको भूमिका निर्वाह गर्दै सबै राजनीति दललाई डोरायर संविधानको रक्षा गर्नुपर्ने दिन आएको उनले बताए । उनले भने ‘यो देश नेपाली काँग्रेस बाहेक कसैले बनाउन नसक्ने र नेपाली काँग्रेस सधै यो देशलाई धनि, समृद्ध र सबै जनता खुशी रहेको देख्न चाहन्छ ।’ उनले अब देशभरका काँग्रेस कार्यकर्ता देखि नेता सबै एकजुट भएर अगाडी बढ्नुपर्ने अवस्था आएको समेत बताएका छन् ।
तपाईको प्रतिक्रिया