काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले संविधान सम्मत फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकम बोल्दै नेकपा प्रचण्ड–माधव पक्षका प्रवक्तासमेत रहेका श्रेष्ठले संविधान सम्मत फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका हुन् ।
उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउने कि नपाउने व्याख्या अदालतले गर्नेहुनाले त्यसमा सांसदले टाउको दुखाउने विषय नभएको बताएका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु उनको अधिकारको विषय भएकाले त्यसलाई प्रतिगमनको संज्ञा दिइनु गलत हुने बताए ।
उनले मुलुकको लोकतन्त्रलाई सुदृढ बनाई अघि बढ्नुपर्ने बताउदै मुलुकमा पटक पटक लोकतन्त्र खतरामा पर्नु विकास समृद्धिको अहितमा रहेको पनि बताएका छन् । उनले “नेपाली पुर्खाले सगरमाथा, लुम्बिनी, हिमाल पहाड र तराई समेटिएको सम्भावनायुक्त भूगोल दिनुभयो तर हामीले त्यसलाई समृद्ध बनाउन सकेनौं” भनेका छन् ।
तपाईको प्रतिक्रिया