काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी र सशक्त बनाउन जिल्ला कमिटीहरुलाई निर्देशन दिएका छन् ।
यही पुस २५ गतेदेखि माघ ८ गतेसम्म हुन गई रहेको सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी र सशक्त बनाउन जिल्ला कमिटीहरुलाई बस्नेतले निर्देशन दिएका हुन् ।नेपाली कांग्रेसले संसद विघटनको विरोधमा वडा तहसम्मै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
तरुण दलका केन्द्रीय अध्यक्ष बस्नेतले आज सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै जिल्ला पार्टीसँग समन्वय गरी जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न/गराउन निर्देशन दिएका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता तथा कुशासनको विरुद्धमा विरोध प्रदर्शन गर्न लागिएको तरुण दलका अध्यक्ष बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया