काठमाडौं । प्रतिनिधिसभा विघटन हुँदा राष्ट्रिय सभाका समिति मूकदर्शक बनेको छ ।
प्रतिनिधिसभाको विषयगत समितिमा छलफल चलिरहेको विषयलाई नै आफ्नो बैठकको एजेण्डा बनाउन तँछाडमछाड गर्ने राष्ट्रिय सभाका विषयगत समिति यतिबेला निष्क्रिय बनेको जनाइएको हो ।
कुनै सहयोग र प्रायोजन भएमा जुनसुकै र जस्तोसुकै विषयमा छलफल चलाउने गरेको आरोप विधायन समितिलाई लाग्ने गर्छ । कानुन निर्माणसँग जोडिएका हरेक विषय यो समितिको कार्यक्षेत्रभित्र पर्ने गर्दछ । तर, प्रतिनिधिसभा विघटन भएको विषयमा भने सो समिति मौन छ ।
समिति सभापति परशुराम मेघी गुरुङ भन्छन्, ‘विधायन समितिले संविधान, कानुनको विषयमा छलफल गराउन त सक्छ तर यो अदालतमा विचाराधीन विषय हो । तथापि, संवैधानिक व्याख्या गर्ने गरी विज्ञहरुसँग बस्न सक्छौं ।’ आफूहरुले एकपटक अनौपचारिक छलफलसमेत चलाएको भन्दै गुरुङले आफ्ना अप्ठ्यारा पनि सुनाए ।
तपाईको प्रतिक्रिया