काठमाडौँ । बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्वयवहारको घटनाको विषयमा छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
पार्टी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीलाई सहभागी हुनेछन् । बैठक दिउँसो २ बजे सभापति निवास बूढानीलकण्ठमा बस्ने भएको छ ।
बैठकमा तनहुँमा पुल उद्घाटनका लागि पुगेका वरिष्ठ नेता पौडेलमाथि प्रहरीले गरेको दुर्व्यवहार र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ ।
बुधबार तनहुँको व्यास नगरपालिका -१ तालघरेमा बनेको तालघरे र दुम्सी जोड्ने पुलको उद्घाटन गर्न पुगेका पौडेलको गिरफ्तारीप्रति कांग्रेसले आक्रोश व्यक्त गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया