काठमाडौं । संसद विघटनविरुद्धको युवाहरुले सडकमा विरोध गरेका छन् ।

आज बिहान भृकुटीमण्डप नजिकै पद्मोदय मोडमा युवाहरुले नमुना संसदको रुपमा सडकमा राष्ट्रिय सभाको बैठक बसेर सांकेतिक विरोध गरेका हुन् ।

Your Ad Code Here

युवाहरुले संविधान बचाउनु हामी सबैको कर्तव्य भएको धारणा राख्दै ६ दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानसभाले बनाएको संविधानको मूल मर्म भनेकै सुधारिएको संसदिय व्यवस्था भएको उनीहरुको भनाई रहेको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिशमा पुष ५ गते आइतबारबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। ओलीले ताजा जनादेशको लागि वर्तमान प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते प्रतिनिधि सभाको निर्वाचन गर्न गरेको सिफारिशलाई उनले सदर गरेकी छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग