काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् ।

आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

Your Ad Code Here

प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ । तर पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट गर्ने गरेका छन् ।

भेटको विषयमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले औपचारिक जानकारी भने गराएका छैनन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग