काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक बस्ने भएको छ ।

आज दिउँसो १ बजे संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक बस्ने महासचिव डा. भरतराज गौतमले बताएका हुन् । बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेश हुने कार्यसूची रहेको बताएका छन् ।

Your Ad Code Here

उक्त प्रतिवेदन दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले पेश गर्नेछिन्। राष्ट्रियसभा बैठक बिहीबार पनि बसेको थियो। उक्त बैठकले सांसद वामदेव गौतमलाई दिगो विकास तथा सुशासन समितिमा चयन गरेको थियो।

बैठकमा संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संघीयतामाथि खेलवाड गरेको भन्दै सांसदहरुले कडा विरोध जनाएका थिए। उनीहरुले प्रतिनिधिसभा पुनस्स्थापनाको माग गरेका थिए। रिटहरुको संवैधानिक इजलाशमा सुनुवाइ भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग