सिन्धुली । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य ईश्वर पोखरेलले नेकपामा प्रधानमन्त्री ओली समूह कै आधिकार भएको बताएका छन् ।

बुधबार सिन्धुलीमाढीमा ओली समूहका नेता कार्यकर्तासँगको भेटमा पोखरेलले नेकपामा प्रधानमन्त्री ओली समूह कै आधिकार भएको बताएका हुन् । उनले पहिलो अध्यक्ष ओली नै रहेको भन्दै नेकपाको आधिकारिकता ओली समूहले नै पाउने भन्दै नेता कार्यकर्तालाई ढुक्क हुन आग्रह गरेका छन् ।

Your Ad Code Here

साथै उनले पूर्वमाओवादीको अराजकता र एमालेभित्रको गुठबन्दीले पार्टी फुटको संघारमा पुगेको बताउदै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अझै औपचारिक रुपमा विभाजन नभएको बताए । प्रचण्ड–माधव समूहले देश र पार्टी दुबैलाई अस्थिरता कायम गर्न खोजेपछि प्रधानमन्त्री ओलीले आफ्नो राजनैतिक र पदीय अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै उक्त निर्णय कानुन संवत भएको उल्लेख गरे ।

थप्दै उनले तोकिएकै मितिमा बैशाख १७ र २७ गतेका लागी घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचन भएरै छाड्ने दावी पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग