काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले सभामा प्रस्ताव दर्ता गरेका हुन् ।
उक्त अध्यादेश पहिला पनि जारी भई फिर्ता भएको भन्दै राष्ट्रिय सभा सदस्य विडारीले आइतबार उक्त अध्यादेश अस्वीकार गर्न प्रस्ताव दर्ता गरेको संसद सचिवालयका सह(प्रवक्ता दशरथ धमलाले जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश जारी गरेकी थिइन्।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech