काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियूले सरकारविरूद्ध आन्दोलनको घोषणा गरेको छ।

प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेको विरोधमा प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियूले सरकारविरूद्ध आन्दोलनको घोषणा गरेको हो ।

Your Ad Code Here

पहिलो चरणको आन्दोलन सकिएपछि मंगबालर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको अनेरास्ववियूका नेता रञ्जित तामाङले जानकारी दिए।

बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रमअनुसार मंगलबार सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन र कोणसभा गरिनेछ।

तेस्रो चरणको कार्यक्रम भने माघ १ गते सार्वजनिक गर्ने अनेरास्ववीयूले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग