काठमाडौं । मधेसी जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमलाई भत्र्सना गरेको छ ।

ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमलाई हिजो बसेको मधेसी जनता पार्टीको केन्द्रिय कमिटीको बैठकले विरोध एवम् भत्र्सना गरेको हो । पार्टीका कार्यकारी अध्यक्ष सुनिल प्रसाद गुप्ताले प्रेस वक्तव्य जारी गर्दै बैठकले विरोध एवम् भत्र्सना गरेको जनाएको हो ।

Your Ad Code Here

जारी प्रेस वक्तव्यमा ‘ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको मधेसी जनता पार्टीको केन्द्रिय कमिटीको बैठकले विरोध एवम् भत्र्सना गर्दै निर्वाचनलाई पुर्ण रुपमा स्विकार गर्ने निर्णय गरेको छ ।’ भनिएको छ ।

‘कम्युनिष्टहरु को सदैव यहि रवैयाका कारण देश बिकासको मुद्दा भन्दा पनि कम्युनिष्ट कम्युनिष्ट बिच आपसी द्वन्दका कारण देश अनिश्चित दिशा तर्फ लम्किरहेको प्रष्ट छ । यहि घरायसी झगडा का कारण देश बर्बाद हुनु भन्दा मध्यावधि चुनाव गरेर शक्ति सन्तुलन मिल्ने हाम्रो पार्टीको ठहर रहेको छ ।’ प्रेस वक्तव्यमा थप भनिएको छ ।

साथै प्रेस वक्तव्यमा ‘प्रधानमन्त्री को यस अलोकतान्त्रिक निर्णयलाई पार्टीले अवसरको रुपमा लिदै मध्यावधिलाई सहर्ष रुपमा स्विकार गर्दछ साथै सब मधेसीलाई एक भएर अब ब्यालेट बाट नै मधेसको मुहार फेर्न पनि आग्रह सहित अनुरोध गर्द्छ । जय मधेस, जय मधेसी जनता ।’ उल्लेख छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग