काठमाडौं। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले प्रधानमन्त्री केपी शर्मा ओली देशमा संकटकाल लगाउन सक्ने शंका व्यक्त गरेका छन् ।
एक कार्यक्रममा बोल्दै डा. दिक्षितले ओलीले देशमा संकटकाल लगाउने हो कि भन्दै शंका व्यक्त गरेका हुन् । उनले ‘ओली कतै संकटकाल लगाउने हुन कि भनेर मलाई कता कता शंका लाग्न थाल्यो ।’ भनेका छन् ।
साथै, सडकको आन्दोलन त देशका विभिन्न ठाउँमा भैरहेको सुनाउँदै अहिले किन सर्वदलीय बैठक किन बोलाईयो ? भन्दै उनले प्रश्न उठाएका छन् । उनले भने ‘अहिले मुलुकमा संकट नै आएजस्तो देखाउन खोजे क्या, अर्को कुरा उनको आफ्नो सुरक्षा पनि अचानक बढाए, यो किन त ?’
‘सुरक्षा बढाउनु, सर्वदलीय बैठक बोलाउनु, यो कतै ओलीजीको, अब उनी घेरामा परे भनेर, उनी ईतर ग्रुप, प्रचण्डजी, माधव नेपालजी ग्रुपले पोलिटिकल्ली र्याख्र्याख्ती पार्ने सोचेर यीनले सोचेर कतै संकटकाल लगाउने हुन कि भनेर मलाई कता कता शंका लाग्न थाल्यो ।’ उनले भनेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech