काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जनताको संसद्प्रतिको विश्वासमा घात नहुने काम नगर्ने बताएका छन् ।
आज चाबहिलमा जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सापकोटाले यस्तो बताएका हुन् ।
उनले अब संसद्ले गति लिने विश्वासमेत व्यक्त गरेका छन् ।उनले भने ‘कानुन निर्माणमा चुनौती सामना गर्दै भगीरथ प्रयत्न हुनेछ, जनताको संसद्प्रतिको विश्वासमा घात पर्ने गरी काम हुने छैन, छलफल, बहस, वादविवाद र संवादबाट संसद् अघि बढ्छ, शान्ति र लोकतन्त्रका लागि लडेका २७५ जनाले संसद्लाई गति दिनुहुनेछ।’
उनले थपे ‘विसं २०६२र२०६३ को परिवर्तनले कोइराला विचार, साहस भएका कुशल कमाण्डर हुनुहुन्थ्यो भन्ने पुष्टि गरेको छ, पञ्चायतकालमा भएको विमान अपहरणलगायत घटनाले पनि कोइरालाको साहसलाई प्रमाणित गर्छ।’
Copyright © 2025, All Rights Reserved | Developed By ProTech