काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समूहलाई गम्भिर आरोप लगाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्र्री ओलीले नेपाल समूहले प्रतिक्रियावादी तत्वसँग साँठगाँठ गरी गुटको भेला गरेर कम्युनिष्ट आन्दोलनलाई कलंकित बनाउन खोजेको गम्भिर आरोप लगाएका हुन् ।

Your Ad Code Here

प्रधानमन्त्री ओलीले पार्टीमा गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोधिने बताए । नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई संकेत गदै उनले भेलाका अगुवालाई स्पष्टीकरण सोध्ने र आत्मालोचना नगरे कारबाही गर्नेसमेत चेतावनी दिए ।

‘नेतृत्वलाई खुइलाउने, सरकार पार्टीको बदनाम गराउने नियतले भएको उक्त भेला मैले र महासचिवले नगर्न निर्देश गर्दागर्दै गरेकाले त्यसको निन्दा गर्दछौं,’ उनले भने, ‘निर्लज्जापूर्वक कम्युनिस्ट अन्दोलनकै इतिहासमा कलंकको रुपमा चिनिएको भेला आयोजना गर्ने अगुवालाई स्पष्टीकरण सोधिनेछ । आत्मालोचना गरेर आए सोच्न सकिनेछ नत्र कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’साथै उनले सरकारले संसदलाई बिजनेस दिएन भन्ने कुरा गलत भएको दाबीसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग