काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न गएका छन् ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएलगतै प्रचण्ड नेपाललाई भेट्न गएका हुन् । तर एमालेमा गएका सांसदहरुलाई कारवाही गर्ने, पार्टीको नाम परिवर्तन गर्ने लगायतका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

Your Ad Code Here

एमालेको माधव नेपालसमूह र माअ‍ोवादी केन्द्रबीच एकता गर्ने विषयमा पनि नेताहरुले छलफल चलाएका छन्। संयुक्त पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राख्ने विषयमा नेताहरुबीच अनौपचारिक रुपमा छलफल चलाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग