काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले र्‍याली निकालेको जनाइएको छ ।

संसद् पुनःस्थापनाको माग गर्दै यो समूहले मोटरसाइकल र्‍याली निकालेको हो ।

Your Ad Code Here

प्रचण्ड–माधव समूहले मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत हुनेछ । साथै प्रचण्ड– माधव समूह संसद् विघटन विरुद्ध चरणबद्ध आन्दोलनमा छ ।

यो समूहले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा जनसंगठन, पार्टी कमिटीहरुको आयोजना सभा, बैठक, भेला गर्दैो माघ ९ गते शक्ति प्रदर्शनको तयारी गरेको छ । विभिन्न जिल्लाबाट राजधानी उपत्यकामा जनशक्ति ल्याएर शक्ति प्रदर्शनको तयारी भएको संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग